Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

हामीसँग ठुलो पार्टी र बलियो संगठन छ, बालेनसँग डराउँदैनौँ : प्रधानमन्त्री ओली

हामीसँग ठुलो पार्टी र बलियो संगठन छ, बालेनसँग डराउँदैनौँ : प्रधानमन्त्री ओली

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा जथाभाबी लेखेको टिप्पणी गरेका छन् ।

बुधबार केन्द्रीय मुख्यालय च्यासलमा पोलिटब्यूरो बैठक समापन गर्दै ओलीले बालेनको हर्कतप्रति सचेत हुन जरुरी रहेपनि डराउन भने आवश्यक नरहेको टिप्पणी गरेका हुन् ।

‘ठुलो संगठन भएको एमालेले फेसबुकमा कसैले केही लेख्छ कि भनेर आत्तिन जरुरी छैन’, बैठकमा ओलीले भने । ओलीले आफूहरूसँग ठूलो पार्टी र बलियो संगठन भएकाले फेसबुकमा लेखिने विषयलाई चिन्ता मान्नुपर्ने अवस्था नरहेको बताए ।

'यत्रो संगठन छ, यत्रो पार्टी छ । फेसबुकमा कसले के लेख्छ भनेर चिन्ता गरेर बस्नुपर्ने अवस्था छैन,' ओलीले भने । पछिल्लो समय एमाले र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच द्वन्द्व बढिरहेको छ ।

मेयर बालेनका समर्थकहरुले समाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको फेसबुक अनफलो अभियान नै चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077