Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न आज सत्ता साझेदार दलको बैठक बस्दै

न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न आज सत्ता साझेदार दलको बैठक बस्दै

सोमवार , भाद्र २४, २०८१

काठमाडौँ । सत्ता साझेदार दलहरूको आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको हो ।

यद्यपि मन्त्रिपरिषद् बैठक समेत सोही समयमा रहेकाले उक्त समय फेरबदल हुनसक्ने बताइएको छ । सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक बोलाइएको बताइएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। सोही छलफलअनुसार सत्तामा रहेका दलहरूको बैठक बोलाइएको हो ।

आइतबारको छलफलमा प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति देउवासहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077