Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

आगामी दिनमा राजदूत सिफारिस गर्दा समावेशितालाई ध्यान दिन्छौं : परराष्ट्रमन्त्री राणा

आगामी दिनमा राजदूत सिफारिस गर्दा समावेशितालाई ध्यान दिन्छौं : परराष्ट्रमन्त्री राणा

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी दिनमा राजदूत सिफारिस समावेशी बनाउने बताएकी छन् ।

संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन् । उनले राजदूत सिफारिस जति समावेशी हुनु पर्ने हो त्यो हुन नसकेको बताइन्।

परराष्ट्रमन्त्री राणाले भनिन्,‘जति समावेशी हुनुपर्ने हो त्यो हुन सकेको छैन। मन्त्री र सांसद एकअर्काका पूरक हुन्, पुनरवलोकन गर्न र राम्रो बनाउने जिम्मा पनि संसदीय समितिको हो । सुझावअनुसार म मन्त्रिपरिषदमा कुरा अघि बढाउँछु।’

राजदूत सिफारिसमा दलित समुदाय, मुश्लिम समुदायलगायत समावेश हुन नसकेको उनको भनाई छ ।

परराष्ट्रमन्त्री राणाले महिलाको संख्या पनि कम रहेको बताइन्। उनले समावेशी बनाउनका लागि निर्देशिकामै अब किटान गरेर राख्ने हो कि भन्ने कुरा पनि राखेकी थिइन्।

उनले ५० प्रतिशत राजदूत कर्मचारीबाट आउने र ५० प्रतिशत राजनीतिक नियुक्त हुने भनिए पनि त्यहाँ पनि समावेशी गर्न नसकिएको बताइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077