Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एमाले प्रमुख सचेतक बर्तौलाको प्रश्न - बेवारिसे बम विस्फोटको जिम्मा कसले लिन्छ ?

एमाले प्रमुख सचेतक बर्तौलाको प्रश्न - बेवारिसे बम विस्फोटको जिम्मा कसले लिन्छ ?

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरमा बम विस्फोट भएको घटनाबारे सरकारसँग जवाफ माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले बम विस्फोटको घटनाबारे सरकारसँग जवाफ मागेका हुन्।

प्रमुख सचेतक बर्तौलाले दुई बालबालिकाको ज्यान जाने गरी भएको विस्फोटको घटनाबारे सरकारले संसदलाई जानकारी गराउन माग गरे ।

प्रमुख सचेतक बर्तौलाले उक्त बम सशस्त्र द्वन्द्वताका बिच्छ्याइएको भनिएको पनि बताए। उनले गृहमन्त्री रमेश लेखकले सदनमा उपस्थित भएर घटनाबारे जानकारी गराउनुपर्ने बताए ।

प्रमुख सचेतक बर्तौलाले भने‚‘ केही समय अघि पाँचथरमा बेवारिसे बम फेला भएको र उक्त बम विस्फोट हुँदा २ जनाको ज्यान गएको छ । यतिका दिनसम्म यस घटनाका दोषी को हो ? यसबारे सरकारले सदनलाई जानकारी गराउनुपर्छ । विशेष गरेर गृहमन्त्रीले जानकारी गराउनुपर्छ ।’

उनले सशस्त्र द्वन्द्वको समयमा छोडिएका बम विस्फोट भएको भन्दै उनले यस घटनाको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे।

त्यतिबेला राज्यपक्षले बमहरू छाड्ने नदेखिएको बताउँदै बर्तौलाले द्वन्द्वको एउटा पक्षबाट बेवारिसे बमहरू विभिन्न ठाउँमा छोडिएको हुनसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077