Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रास्वपा सांसद पराजुलीको प्रश्न - धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ कि गर्दैन ?

रास्वपा सांसद पराजुलीको प्रश्न - धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ कि गर्दैन ?

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले कांग्रेस उपसभापति धनराज गुरुङको सहकारी ठगीबारे छानविन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पराजुलीले यस्तो बताएका हुन् । उनले अब उपसभापति गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ? भन्दै कांग्रेस सांसदहरूलाई प्रश्न गरे ।

सांसद पराजुलीले कांग्रेसका सांसद गुरूङ र ज्योति गुरूङविरूद्ध सहकारी बचत ठगीमा अनुसन्धान माग गर्दै सीआईबीमा उजुरी परेको बताए।

सांसद पराजुलीले भने, ‘सहकारीको रकम अपचलनको विषयमा छानबिनको माग गर्न संसदीय समिति बनाउनुपर्छ भनेर नाराबाजी गर्ने एक माननीयविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरी त अन्तिम सत्य होइन उजुरी नै नपर्दा प्रमाण नै नहुँदा रास्वपाका सभापतिलाई सदनमा के-के सम्म गरियो संसारले देखेको छ । तर, मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको १५ करोड हिनामिना गरेकोमा धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगीको उजुरी दर्ता गराउनुभएको छ ।’

उनले सहकारी बचत ठगीमा संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कांग्रेस सांसदविरूद्ध नै सहकारी बचत रकम ठगीको उजुरी सीआईबीमा परेको खबर सञ्चारमाध्यमहरूमा आएको बताए।

सहकारी ठगीलाई लुकाउनको लागि नक्कली सम्बन्ध विच्छेद गरेको कुरालाई पनि छानबिन गर्न सांसद पराजुलीले माग गरे ।

उनले अब पार्टी उपसभापतिको विषयमा दोहोरो मापदण्ड बनाउने हो ? भन्दै कांग्रेसलाई प्रश्न गरे ।

उनले एपीवान टिभीमा जिबी राईले लगानी गरेको भन्दै त्यो लगानी सहकारीबाट लगेको हो कि होइन भनेर छानबिन गरिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077