काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सर्वोच्चको फैसलाले जनता मारमा परेकाले पुनरावलोकनमा जानुपर्ने बताएका छन् ।
पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको अदालती फैसलाबाट उत्पन्न उपत्यकाका नदी किनाराको जग्गा समस्या र समधान विषयकअन्तक्रिया कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
अध्यक्ष नेपालले अदालतको फैसलाले जनतालाई निकै असर पर्ने देखिएकाले पुनरावलोकनमा जानुपर्ने बताए।
अदालतले पनि जनताको समस्यालाई मध्यनजर गर्दै उचित न्याय दिने अध्यक्ष नेपालको भनाइ छ।
उनले राज्य वा कसैको कारणले जनतालाई समस्यामा पार्न नहुने र दिर्घकालीन योजना बनाएर समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष नेपालले समयमा नै कानुन बनाउन नसक्दा र राज्य कमजोर हुँदा बेलाबेला विभिन्न समस्या देखापर्ने गरेको धारणा राखे। उनले कुनै पनि अवस्थामा नागरिकलाई घरवारबिहीन बनाउन नहुने बताए।