Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

साझा न्यूनतम कार्यक्रम बनाउन बालुवाटारमा सत्तारुढ दलको बैठक

साझा न्यूनतम कार्यक्रम बनाउन बालुवाटारमा सत्तारुढ दलको बैठक

सोमवार , भाद्र २४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको छ । बैठक केहीबेर अघिबाट बसिरहेको हो ।

सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन कार्यदल गठनसहित सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री ओलीले सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेतालाई छलफलमा बोलाएका थिए ।

सत्तारुढ दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न कार्यदल बनाउने दलहरूको तयारी छ । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सदस्य रहनेछन् । त्यस्तै एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077