Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

मेयर हमालसँग सहकार्यको प्रस्ताव राख्दै रविले भने - हामीलाई तपाईंको साथको जरुरत छ

मेयर हमालसँग सहकार्यको प्रस्ताव राख्दै रविले भने - हामीलाई तपाईंको साथको जरुरत छ

सोमवार , भाद्र २४, २०८१

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनगढीका मेयर गोपाल हमालसँग सहकार्यको प्रस्ताव राखेका छन् ।

पार्टीको कार्यक्रमका लागि सोमबार बिहान धनगढी आइपुगेका पूर्वगृहमन्त्रीसमेत रहेका रविले मेयर हमालसँगको भेटमा यस्तो प्रस्ताव राखेका हुन् ।

सभापति लामिछाने धनगढी उपमहानगरपालिकाको कार्यालयमा पुगेका थिए । उनले धनगढी मेयर हमालसहित उपमहानगरका जनप्रतिनिधिसँग छलफल गरेका थिए ।

सोही छलफलका क्रममा सभापति लामिछानेले मेयर हमालको खाँचो आफूहरुलाई रहेको बताए । उनले भने, 'तपाईंको साथको हामीलाई ठुलो अपेक्षा छ । हाम्रो साथको त्यति धेरै अर्थ नहोला । तपाईंको साथको अझ धेरै जरुरत छ ।'

यस्तै सभापति लामिछानेले आफूहरु सहकार्य गर्न खुला रहेको बताए । 'सहकार्य गर्नुपर्छ भन्ने कुरा आएको छ,' उनले भने, 'हामी त खुला छौँ । तपाई खुला मान्छे नै हो । त्यो अपेक्षा सबैको छ । हाम्रो त एकदमै धेरै अपेक्षा छ ।'

धनगढी उपमहानगरपालिकाको कार्यालयमा भएको छलफलमा रास्वपाबाट सभापति लामिछानेसहित रमेश प्रसाईसहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077