Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले भने - वर्तमान सरकार बिचौलियाहरुले बनाइदिएका हुन्

माओवादी अध्यक्ष प्रचण्डले भने - वर्तमान सरकार बिचौलियाहरुले बनाइदिएका हुन्

मंगलवार , भाद्र २५, २०८१

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार दलाल र बिचौलियाहरूले बनाइदिएको आरोप लगाएका छन्।

सिरहाको मिर्चैयामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन्।

अध्यक्ष प्रचण्डले भ्रष्टाचारीहरूलाई कारबाही गर्दै सुशासनका पक्षमा अभियान थालेपछि कांग्रेस र एमालेका नेताहरू भयभित भएर दलालहरूको अगुवाइमा अहिलेको सरकार बनाएको बताए।

ठूल्ठूला भ्रष्टाचारी र अत्याचारीहरू पक्राउ पर्न थालेपछि कांग्रेस र एमालेका नेताहरू आफू पनि पर्ने हो कि भनेर आतंकित भए भएको उनको भनाई छ ।

कांग्रेस र एमालेका नेताहरूलाई दलाल र बिचौलियाहरूले अँध्यारा कोठामा उनीहरूलाई मिलाइदिएको अध्यक्ष प्रचण्डले बताए ।

दुई ठूला दल नै मिल्नु संसदीय व्यवस्थाका लागि अप्राकृतिक र अस्वभाविक रहेको पनि उनले बताए ।

यो सरकार बन्नुको पछाडि स्वार्थ रहेको र यसरी बनेका सरकारले मुलुक र जनताका हितमा काम गर्छ भन्ने अपेक्षा नराखे पनि हुने अध्यक्ष प्रचण्डको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077