Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

टीआरसी विधेयक पारित हुनु हाम्रा लागि गौरवको विषय हो : प्रचण्ड

टीआरसी विधेयक पारित हुनु हाम्रा लागि गौरवको विषय हो : प्रचण्ड

मंगलवार , भाद्र २५, २०८१

सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसी विधेयक पारित हुनु शान्ति सम्झौताका पक्षधरका लागि गौरवको विषय भएको बताएका छन् ।

सप्तरीको सुरुङ्गामा सहिदद्वय दुर्गा पौडेल र उपेन्द्रबहादुर कोइरालाको स्मृतिमा निर्मित शालिक अनावरण गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले शान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गौरवको अनुभूति गर्न पाउने बताए। शान्ति प्रक्रिया टुंगिने अन्तिम प्रक्रियामा रहेकाले यो सहिद र बेपत्ता परिवारसहित देशकै लागि खुशीको कुरा हुने अध्यक्ष प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले केही समयअघिसम्म जनयुद्धका सहिद राष्ट्रिय सहिद नहुने हुन् कि भन्ने चिन्ता रहेकोमा अब यो चिन्ता समाधान भएको बताए ।

उनले समावेशी समानुपातिक प्रतिनिधित्वसहितको जनतको अधिकार धरापमा पर्ने हो कि भन्ने चिन्ता पनि देखिने गरेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077