Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

भ्रष्टाचारी र माफियाविरुद्ध अब देशव्यापी आन्दोलन गर्छौं : अध्यक्ष प्रचण्ड

भ्रष्टाचारी र माफियाविरुद्ध अब देशव्यापी आन्दोलन गर्छौं : अध्यक्ष प्रचण्ड

मंगलवार , भाद्र २५, २०८१

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने बताएका छन् ।

सिरहाको कर्जन्हामा आयोजित पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँगको भेटघाटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

उनले त्यसकै लागि आफूहरु देशव्यापी बैठक र छलफलमा जुटेको बताए।

अध्यक्ष प्रचण्डले भने,‘तपाइँहरुले देखि नै हाल्नुभयो, भ्रष्टाचारविरुद्ध केही गर्न खोज्दा सरकार नै परिवर्तन गर्नेसम्मको खेल भयो । हामी सरकारको नेतृत्व गर्दा केही नयाँ काम सुरु गरेका थियौं। सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध हामीले थालेको अभियानबाट भूमाफियाहरु आत्तिए।’

अध्यक्ष प्रचण्डले मुलुकको अहिलेको ठूलो समस्या भ्रष्टाचार भएकाले जनतालाई साथमा लिएर भ्रष्टाचारी र माफियाविरुद्ध देशव्यापी आन्दोलन गर्ने बताए।

अध्यक्ष प्रचण्डले मिटरब्याजलगायत तमाम बेथितिकाविरुद्ध आफूहरुले सरकारबाट सङ्कल्पका साथ संघर्ष सुरु गरेको स्मरण गरे ।

उनले सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध लडाई लडेकाले आफूहरु विजेता कमाण्डरजस्तो गरी निस्केको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077