Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदलाई एमालेको सर्कुलर

असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदलाई एमालेको सर्कुलर

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदलाई असोज ३ गतेसम्म काठमाडौं नछोड्न सर्कुलर जारी गरेको छ ।

उपसभामुखलाई हटाउने तयारी भएसँगै संसदमा बलियो उपस्थिति बनाउन आफ्ना सांसदहरूलाई एमालेले निर्देशन दिएको हो।

हिजो बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा रानाको आचरण सही नभएको भन्दै महाभियोगको प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावमा सत्ता साझेदार दलहरू सहमत भएका थिए। त्यही अनुसार अहिले गठबन्धनका दलहरू छलफलमा जुटेका छन् ।

राजीनामा नआए आजै महाअभियोग दर्ता गर्नसक्ने सत्ता गठबन्धन दलहरूको तयारी छ ।

पार्टीले असोज ३ गतेसम्म काठमाडौँ नछोड्न सांसदलाई सर्कुलर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077