Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रास्वपाका प्रमुख सचेतक परियारले भने - उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन

रास्वपाका प्रमुख सचेतक परियारले भने - उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने कुरा लोकतन्त्रका लागि मान्य नहुने बताएका छन् ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक परियारले यस्तो बताएका हुन्। उनले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताए।

राजनीतिक पार्टीहरूबीच सल्लाह भएर उपसभामुखमाथि महाभियोग लगाउने कुरा लोकतन्त्रका लागि मान्य नहुने सांसद परियारको भनाई छ।

प्रमुख सचेतक परियारले राजनीतिक दलबिच सल्लाह गरेर लोकतन्त्र मारिने काम हुँदै गएको भन्दै उनले कुनै परिषद्मा बहुमत नपुग्ने नाममा उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य नहुने बताए।

संवैधानिक परिषदमा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा उससभामुखलाई पदबाट हटाउन दलहरू लागेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077