Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

उपसभामुख रानालाई हटाउन खोजेको भन्दै माओवादीले जनायो आपत्ति

उपसभामुख रानालाई हटाउन खोजेको भन्दै माओवादीले जनायो आपत्ति

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्ता पक्षको तयारीमा खबरदारी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले उपसभामुख हटाउन खोजेको भन्दै आपत्ति जनाएका हुन्। प्रमुख सचेतक पाण्डेले उपसभामुख रानालाई हटाउन खोजे माओवादीले तीव्र प्रतिवाद गर्ने बताए।

प्रमुख सचेतक पाण्डेले भने, ‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा मिडियामा हेरियो। यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तीव्र प्रतिवाद गर्छ। विरोध गर्छ, यस विषयमा स्पष्ट पार्न सभामुखमार्फत् अनुरोध गर्दछु।'

त्यस्तै, माओवादीका सांसद हितबहादुर तामाङले उपसभामुखलाई हटाउने कुरा स्वीकार्य नहुने बताए। उनले उपसभामुख रानालाई महाअभियोग लगाउने कुरा आफुहरुलाई स्वीकार्य नभएको बताए ।

माओवादीका अर्का सांसद सूर्यमान तामाङले पनि उपसभामुखमाथि नैतिकताको प्रश्न उठाउनुअघि नक्कली भुटानी शरणार्थी प्रकरणलाई हेर्न सरकारलाई सुझाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077