Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सहकारी ठगीमा मेरो संलग्नता छैन, कुनै आशंका भए तुरून्त छानबिन गरियोस् : धनराज गुरुङ

सहकारी ठगीमा मेरो संलग्नता छैन, कुनै आशंका भए तुरून्त छानबिन गरियोस् : धनराज गुरुङ

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मितेरी सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उपसभापति गुरुङले यस्तो बताएका हुन् ।

सांसद गुरूङले मितेरी सहकारीसम्बन्धी विषय जोडेर आफूमाथि आरोप लागेकोले छानबिनको माग गरे। उनले कुनै आशंका छ भने तुरून्त आफूमाथि संसदीय छानबिन गर्न माग गरे ।

उपसभापति गुरुङले भने,‘मितेरी बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न संस्थाका अध्यक्ष, प्रबन्ध निर्देशक, सञ्चालक समितिका सदस्यहरू, ककसलाई छानबिन गर्नु पर्ने हो तुरून्तै छानबिन गरियोस् । यदि यस विषयमा कुनै आशंका छ भने तुरून्तै ममाथि छानबिन गरियोस्, गल्ती गर्ने व्यक्तिलाई उन्मुक्ति दिनु हुँदैन।’

त्यस्तै, उपसभापति गुरुङले सहकारी ठगीमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमा नै सम्बन्धबिच्छेद भएकाले आफूलाई जोड्न नमिल्ने बताए।

उनले ज्योतिसँग सम्बन्ध बिच्छेद भइसक्दा पनि प्रश्न उठाइएको भन्दै आफूमाथि छानबिन गर्न माग गरे।

विगतमा पनि आफूलाई आरोप लाग्दा अदालतबाट निर्दोष प्रमाणित भएको भन्दै सांसद गुरुङले मितेरी सहकारीको रकम अपचलनमा आफूमाथि कुनै छानबिन गर्न माग गरे ।

अहिले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन आउने बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले विषयान्तर गर्न मात्र आफ्नो विषय उठाएको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077