Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सहकारी ठगीबारे कांग्रेस उपसभापति गुरुङमाथि पनि छानबिन हुनुपर्छ : गगन थापा

सहकारी ठगीबारे कांग्रेस उपसभापति गुरुङमाथि पनि छानबिन हुनुपर्छ : गगन थापा

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा उपसभापति धनराज गुरुङमाथि पनि छानबिन हुनुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको महामन्त्री थापाको भनाई छ ।

उनले उपसभापति गुरुङका विषयमा पनि निष्पक्ष छानविन हुनुपर्ने बताए।

गुरुङ आफैले सदनमा जस्तोसुकै छानविनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाई नगर्न नहुने महामन्त्री थापाले बताए ।

कुनै पनि प्रकरणमा कानुनको उलंङ्घन गरे दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाइन रहेको महामन्त्री थापाको भनाई छ ।

उनले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानविन हुनुपर्ने र दोषि देखिए कारवाही समेत गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077