Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सहकारी पीडितहरुले गलत मान्छेलाई टार्गेट गरे : रवि लामिछाने

सहकारी पीडितहरुले गलत मान्छेलाई टार्गेट गरे : रवि लामिछाने

मंगलवार , भाद्र २५, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी पीडितले गलत मान्छेलाई आरोप लगाएर विषय अन्तै मोडन खोजिएको बताएका छन्।

पार्टीको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण एवं विस्तारित बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सहकारी पीडितले आफूमाथि टार्गेट गरेर अपराध गरेको सभापति लामिछानेको भनाई छ ।

सभापति लामिछाने प्रशिक्षण कार्यक्रममा सहभागी हुन लाग्दा पोखराको सूर्यदर्शन सहकारी पीडितले उनीविरूद्ध कालो झण्डा देखाएर नाराबाजी गरेका थिए।

पीडितले आफूविरूद्ध नाराबाजी गरेर गलत मान्छेलाई टार्गेट गरेको सभापति लामिछानेको भनाई छ।

सभापति लामिछानेले भने,‘कस्तो संघर्ष समिति हो। अपराध गर्दै हुनुहुन्छ साथीहरू। संघर्ष समितिको नाममा अपराध। लाखौं सहकारी पीडितमाथि अन्याय गर्दै हुनुहुन्छ। तपाईले गलत मान्छेलाई टार्गेट गरेर।’

सहकारी ठग को-हो भन्ने कुरा छ्यापछ्याप्ती देखिएको भन्दै उनले आफूमाथि अन्याय गरेको बताए।

सहकारी पीडितको आन्दोलनको अग्रपंक्तिमा आफू पनि आउनुपर्नेमा गलत मान्छेलाई आरोप लगाएर विषय अन्तै मोडेको सभापति लामिछानेले बताए।

आफू पनि सहकारी पीडितको पक्षमा अग्रपंक्तिमा लड्ने मान्छे भए पनि आफूलाई दोषीझैं विरोध गरेर मौका गुमाएको सभापति लामिछानेले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077