Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

मंगलवार , भाद्र २५, २०८१

काठमाडौँ । सरकारले भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन ।

सरकारले भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णयसँगै जग्गा कित्ताकाट खुलाएको हो। 

त्यसैगरी सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गरेको छ भने २०८१ असोज २१ गते थाइल्याण्डमा आयोजना हुने एक्सेलेरेटिङ इम्पिमेण्टेसन अफ एक्शन प्लान टु स्ट्रेन्थेन रिजनल कोअप्रेशन सोसियल प्रोटेक्शन बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ। 

साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १५/१५ हजार मेट्रिक टन गरी कुल ३० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिएर आयात गर्न स्वीकृति दिने निर्णयसमेत सरकारले गरेको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077