काठमाडौं । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् ।
बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणमा मुछिएका कांग्रेस सांसद बादशाहले मंगलबार राजीनामा दिएका हुन् ।
आरोपति व्यक्ति मन्त्री भएपछि कांग्रेसभित्रै विरोध भएको थियो।
चौतर्फी विरोध भएपछि कांग्रेसले बादशाहलाई राजीनामा दिन निर्देशन दिएको थियो ।