Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

उपसभामुखबारे धारणा माग गर्दै रविले प्रधानमन्त्रीलाई भने - सरकारले के गर्न खोजेको ?

उपसभामुखबारे धारणा माग गर्दै रविले प्रधानमन्त्रीलाई भने - सरकारले के गर्न खोजेको ?

मंगलवार , भाद्र २५, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । दिनभर पोखरामा बिताएका सभापति लामिछाने काठमाडौँ उत्रनासाथ साँझ बालुवाटार पुगेका हुन् ।

भेटमा सभापति लामिछानेले प्रधानमन्त्री ओलीसँग उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाएर हटाउने चर्चाबारे जिज्ञासा राखेको बताइएको छ ।

‘उपसभामुखको विषयमा भएको के हो ? सरकारले के गर्न खोजेको ? म तपाईंको मुखबाट स्पष्ट धारणा सुन्न चाहन्छु’, लामिछानेले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले संसदमा उठेको विषय संसदबाटै हल गर्नुपर्ने बताएका थिए ।

उपसभामुख रानाले डेढ वर्षअघि अमेरिकी दूतावासलाई आफूसँगै अमेरिका जाने पाँच जनाको अन्तर्वार्ता मिति चाँडो राखिदिन पत्र लेखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077