Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

बुधवार , भाद्र २६, २०८१

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यस्तै प्रधानमन्त्री के।पी। शर्मा ओलीले “राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन” सदनमा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले “कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने तथा “विधायन सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको स.स्द सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077