Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

कांग्रेसले भन्यो - धनराजको डिभोर्सबारे बहस हुन सक्दैन, सहकारी ठगीमा छानबिन हुन्छ

कांग्रेसले भन्यो - धनराजको डिभोर्सबारे बहस हुन सक्दैन, सहकारी ठगीमा छानबिन हुन्छ

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसले उपसभापति धनराज गुरूङको डिभोर्सबारे संसदमा बहसको विषय नहुने बताएको छ ।

सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र शीर्ष नेताको बैठकले सो कुरा जनाएको हो ।

कांग्रेसले कानुनी रुपमा गरेको सम्बन्ध विच्छेदको विषय संसदमा बहसको विषय हुन नसक्ने ठहर गरेको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार कानुनीरुपमा डोभर्स भइसकेपछि त्यो सक्कली हो या नक्कली भनेर विषय उठान गर्नु अनुचित हुने बताए ।

उनले गल्ती गरेको भए प्रश्न उठ्नु स्वाभाविक भए पनि, डिभोर्स गरिसकेको विषयमा प्रश्न उठाउनु अनुचित हुने बताए ।

उनले सहकारीको रकम अपचलन गरेको विषयमा भने गुरूङमाथि छानबिन गर्न कांग्रेस तयार रहेको बताए। गल्ती गरेको हो भने गुरूङ आफैले सजाय भोग्नुपर्ने घिमिरेको भनाइ छ।

सहकारीको रकम अपचलनको आरोप लागेपछि उपसभापति गुरूङमाथि छानबिन अगाडी बढ्नुपर्ने उनको भनाई छ ।

यता सांसद गुरूङले प्रतिनिधिसभा बैठकमा बोल्दै कुनै पनि सहकारीबाट आफूले रकम नलिएको र अपचलन पनि नगरेको दावी गरेका थिए।

उनले आफूमाथि लागेको आरोपको छानबिन गर्न समेत सरकारसँग माग गरेका थिए। उनले गल्ती गरेको भए जस्तोसुकै सजाय भोग्न आफू तयार रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077