Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

राष्ट्रियसभामा दुई समितिको सभापति चयन गर्न निर्वाचन तालिका सार्वजनिक

राष्ट्रियसभामा दुई समितिको सभापति चयन गर्न निर्वाचन तालिका सार्वजनिक

बुधवार , भाद्र २६, २०८१

काठमाडौं। राष्ट्रियसभाको दुई वटा विषयगत समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ ।

राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले आज सूचना निकालेर निर्वाचनबारे तालिका सार्वजनिक गरेका हुन्।

तालिकाअनुसार यही भदौ ३१ गते विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिको निर्वाचन हुनेछ ।

विधायन व्यवस्थापन समितिको सभापतिमा जयन्तीदेवी राई थिइन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा थिए ।

निर्वाच्न तालिका अनुसार समितिको सभापतिमा भदौ ३० गते उम्मेदवारी दर्ता हुनेछ । ३१ गते समितिकै सभाकक्षमा निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077