Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

संसद बैठकमा माओवादी र एमालेका सांसदहरुबीच चर्काचर्की

संसद बैठकमा माओवादी र एमालेका सांसदहरुबीच चर्काचर्की

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । सत्तारूढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच संसद बैठकमा चर्काचर्की भएको छ।

भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्दलाई लिएर एमाले र माओवादीका सांसदहरुबीच चर्काचर्की भएको हो ।

माओवादीले जनाएको नियमापत्तिबारे सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा निर्णय सुनाउँदै उक्त शब्द असंसदीय नरहेको रूलिङ गरेका थिए।

उनले संसदमा प्रतिकात्मक शब्द प्रयोग गर्दा नियमापत्ति भइरहेको बताउँदै शब्द चयनमा ध्यान पुर्‍याउन सांसदहरूलाई आग्रह गरेका छन्।

सभामुखको रूलिङपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधान मूल कानुन रहेको र यसले सशस्त्र संघर्षहरूको व्याख्या गरेको जानकारी गराउँदै सभामुखको सचिवालयलाई रूलिङबारे पुनर्विचार गर्न आग्रह गरेका थिए।

उनले सत्तापक्ष सांसदहरूले नियत राखेरै माओवादी 'जनयुद्ध' लाई होच्याउने र अपमान गर्न खोजेको बताए। आफ्नो नियमापत्तिबारे लामो समयपछि रूलिङ आएकोमा पनि प्रमुख सचेतक पाण्डेले प्रश्न उठाएका थिए।

त्यसपछि एमाले सांसद रघुजी पन्तले पाण्डेको अभिव्यक्ति खण्डन गर्दै 'हिंसा'शब्द आफैमा असंसदीय नहुने जोड दिए। संविधानमा सशस्त्र संघर्षको कुरा लेखिएको तर विपक्षी दलहरूले आत्मालोचना नगरेको बताए।

सांसद पन्तले एमालेले झापामा भएको व्यक्ति हत्या उग्र वामपन्थी भयो भनेर स्वीकार्दा माओवादीले अहिलेसम्म आत्मालोचना गर्न नसकेको र पटक-पटक सभामुखको रूलिङमाथि प्रश्न उठाइएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077