Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

सांसदहरूलाई उपत्यका बाहिर नजान कांग्रेसद्वारा 'ह्विप' जारी

सांसदहरूलाई उपत्यका बाहिर नजान कांग्रेसद्वारा 'ह्विप' जारी

बुधवार , भाद्र २६, २०८१

काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान ह्विप जारी गरेको छ ।

बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई सूचना पठाउँदै ३ असोजसम्म काठमाडौं उपत्यका बाहिर नजान भनेका हुन् ।

साथै बाहिर रहेका सांसदहरूलाई यथाशीघ्र काठमाडौँ आउन समेत निर्देशन दिइएको छ ।

उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव ल्याउने तयारीमा सत्ता पक्ष रहेकाले कांग्रेसले यस्तो निर्देशन आफ्ना सांसदहरूलाई जारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077