Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

उपसभामुखको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

उपसभामुखको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

बुधवार , भाद्र २६, २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले उपसभामुख इन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय आलोनगरमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

उपसभामुखलाई हटाउने विषय चर्चामा रहेको भन्दै पार्टी उपसभामुखको पक्षमा उभिने निर्णय गरेको बताइएको छ ।

प्रतिनिधि सभा बैठकमा सत्तारुढ सांसदहरुले उपसभामुख रानामगरले राजीनामा दिनुपर्ने बताइरहेका छन् ।

सत्तारुढ दलहरुले उपसभामुख रानामगरको राजीनामा नआए वैधानिक प्रक्रियाबाट हटाउने चेतावनी दिएका छन् ।

त्यस्तै, आगामी मंसिरसम्ममा सातै प्रदेशमा अधिवेशन गरिसक्ने र असोज ५ गते बागमती प्रदेशको आयोजनामा काठमाडौँमा सन्देश सभा आयोजना गर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077