Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित

प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित

बुधवार , भाद्र २६, २०८१

काठमाडौँ । आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्न आज साँझ बोलाएको बैठक स्थगित भएको हो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज बस्ने भनिएको बैठक तत्कालका लागि स्थगित भएको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने परिषद्को बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077