Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

चारवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

चारवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गत बिहीबार चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

संसदीय सुनुवाइ समिति, शिक्षा, स्थास्थ्य तथा सूचना प्रविधि, राज्य व्यवस्था तथा सुशासन र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा विभिन्न देशका प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ।

शिक्षा, स्थास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज बस्दैछ। बिहान ११ बजे बस्ने उक्त समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाहीबारे छलफल हुनेछ। त्यस्तै मन्त्रालयका चुनौती र भावी कार्यदिशाबारे पनि छलफल गर्ने कार्यसूची छ।

आज प्रतिनिधि सभाअन्तर्गत् राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि आजै बस्दैछ।

दिउँसो १ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077