Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच भेटवार्ता

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो। नेताहरुबीच अहिले बालुवाटारमा भेटवार्ता भइरहेको छ ।

उनीहरूबीच संवैधानिक परिषद्को बैठकका लागि परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संवैधानिक परिषद्को बैठक भोलि बस्दैछ।

बुधबार पाँच बजेलाई बैठक आह्वान भएकोमा प्रमुख प्रतिपक्षी लगायत दलसँग परामर्श गर्नुपर्ने भएकाले सारिएको थियो।

प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप-प्रत्यारोप चलिरहेको छ ।

यही कारण प्रतिनिधिसभा बैठक ३१ गतेसम्मका लागि स्थगित गरिएको छ । सत्तारुढ एमाले र नेपाली कांग्रेसले उपसभामुखलाई हटाउने तयारी गरेका बेला तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077