Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रस्ताव - संवैधानिक निकायका सबै रिक्त पदमा भोलि नै सिफारिस गरौं

प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रस्ताव - संवैधानिक निकायका सबै रिक्त पदमा भोलि नै सिफारिस गरौं

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संवैधानिक निकाय लामो समय रिक्त नराख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा अध्यक्ष प्रचण्डले रिक्त पदमा सम्भव भए शुक्रबार नै सिफारिस गर्नुपर्ने बताएका हुन्।

प्रचण्डले संवैधानिक निकायहरू लामो समय रिक्त राख्दा राम्रो सन्देश नजाने भन्दै प्रधानमन्त्रीलाई सम्भव भएसम्म शुक्रबार बस्ने संवैधानिक परिषद्को बैठकमार्फत पूर्णता दिन आग्रह गरे ।

सिफारिस हुन नसके अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने अध्यक्ष प्रचण्डले धारणा व्यक्त गरेका थिए ।

कांग्रेस र एमालेले दुई तिहाइ सांसदको मत सुनिश्चित गरेर मात्र उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया अघि बढाउन लागेका छन् ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवालेउपसभामुखविरुद्ध ‘पदीय अनुकूलको आचरण नभएको’ प्रस्ताव दर्ता गर्ने तयारी अघि बढाएका छन्।

संवैधानिक परिषद्मा विपक्षीको बहुमत रहेको हुँदा प्रधानन्यायाधीशसहित विभिन्न संवैधानिक पदको नियुक्ति सिफारिसको लागि बैठक बस्न सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077