Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

कांग्रेस-एमालेले उपसभामुखलाई हटाउन खोजे प्रतिकार गर्ने रास्वपाको चेतावनी

कांग्रेस-एमालेले उपसभामुखलाई हटाउन खोजे प्रतिकार गर्ने रास्वपाको चेतावनी

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजे प्रतिकार गर्ने चेतावनी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरेर रास्वपाले उक्त चेतावनी दिएको हो ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भने,‘ एमाले र कांग्रेसले तयारी गर्दै हुनुहुन्छ रे । आन्तरिक छलफल गर्न हामीले बाँकी छ । एउटा कुरा स्पष्ट रुपमा भन्न चाहन्छु कि, हामी प्रतिकार गर्नेछौं ।’

उपसभामुख रानाले नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्रको स्पष्टीकरण दिइसकेको भन्दै उनले त्यही विषय उठाएर हटाउन खोज्नु बेठीक भएको बताए ।

उपसभामुख रानाले गरेको त्रुटी पद नै जाने खालको नभएको बुर्लाकोटीले जिकिर गरे ।

कार्यवाहक प्रवक्ता झाले उपसभामुख रानाले अन्तर्वार्ताका लागि लेखिदिएको भनेको पत्र कार्यालय भन्दा बाहिर नगएको दाबी गरे।

संवैधानिक परिषद्मा सत्ता गठबन्धनको आफूअनुकुल बहुमत नभएको कारणले अहिले फेरि यो बिषय उठाइएको जिकिर गरे।

गत सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पछि सत्ता पक्षले उपसभामुख रानामगरलाई पदीय आचरण अनुरुप कार्य नगरेको भन्दै पदमुक्त गराउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077