Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन - कार्य सम्पादन सम्झौता 'श्राद्ध गर्दा बिरालो' बाँधेजस्तो नठान्नू

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन - कार्य सम्पादन सम्झौता 'श्राद्ध गर्दा बिरालो' बाँधेजस्तो नठान्नू

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्रताका साथ काम कारबाही अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार उपप्रधानमन्त्री र मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौतापछि बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले मन्त्रीहरुलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, 'हामी कामलाई तीव्रता दिनेछौं । हाम्रो एउटा कमजोरी के रहेको छ भने काम विस्तारै, विस्तारै गर्ने भन्ने ढंगको अभ्यास छ । त्यस्तो होइन । हामीसँग ढिलो गर्ने सुविधा पनि छैन, अलमल गर्ने सुविधा पनि छैन । विश्राम गर्ने सुविधा पनि छैन ।'

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई कामको गति बढाउन र योजनाबद्ध कामहरू गर्न निर्देशन दिए । उनले कार्यसम्पादन सम्झौतालाई श्राद्ध गर्न बिरालोलाई बाँधे जस्तो नठान्न समेत आग्रह गरे।

समृद्ध नेपाल,सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न,प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077