Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्छ : गगन थापा

संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्छ : गगन थापा

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान पुनरवलोकन गर्नुपर्ने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले पनि सातबुँदे सहमतिमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अझै सशक्त रूपमा संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताए ।

उनले लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई थप विस्तार आफूहरूले चाहेको बताए । विगतमा संविधान बनाउँदा भएका कमजोरी, राजनीतिक बाध्यता हटाएर सुदृढ रूपमा संशोधन र पुनरवलोकन हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077