Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

लिपुलेक कालापानी भारतको हो भनेपछि विवादमा मेटमणि, एसले सोध्यो स्पष्टीकरण

लिपुलेक कालापानी भारतको हो भनेपछि विवादमा मेटमणि, एसले सोध्यो स्पष्टीकरण

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव मेटमणि चौधरीले लिपुलेक कालापानी भारतको हो भनेपछि विवादमा तानिएका छन् ।

भदौ २५ गते प्राइम टीभीमा दिएको अन्तरवार्तामा चौधरीले लिपुलेक र कालापानीमा भारतको दाबी पुग्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिपछि उनी विवादमा तानिएका हुन् । एकीकृत समाजवादीले उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टिकरण सोधेको छ ।

महासचिव घनश्याम भूसालले चौधरीलाई स्पष्टीकरण सोध्दै लेखेको पत्रमा भनिएको छ, ‘अनेकौं तथ्यहरुले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईंले किन बोल्नु भएको हो ?’

चौधरीलाई ३ दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको छ । उनले अन्तरवार्तामा लिपुलेक र कालापानी भारतले दाबी गर्छ । भारतको दाबी पुग्छ, उसको दाबी पुग्छ ‘ जस्ता अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077