Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

उपसभामुखलाई हटाउनेबारे अहिलेसम्म कुनै निर्णय भएको छैन : शंकर पोखरेल

उपसभामुखलाई हटाउनेबारे अहिलेसम्म कुनै निर्णय भएको छैन : शंकर पोखरेल

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारे अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकपछि बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले उपसभामुख हटाउने भनेर बाहिर आएका चर्चाजस्तै कुनै निष्कर्षमा पुगिनसकेको बताए ।

महासचिव पोखरेलले भने,‘जसरी बाहिर आएको छ। त्यसरी के गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौँ। यो संसद्को मामिलिाको कुरा हो। संसद्लाई कसरी मर्यादित बनाउने भन्ने काममा संसदीय दल र पार्टीले गर्ने कुरामा पार्टीको पूर्ण समर्थन रहन्छ।’

यसबारे कुरा उठेको र अहिले नै के गर्ने भन्ने स्पष्ट भइनसकेको महासचिव शंकर पोखरेलले बताए।

उनले यो संसद्को मामिलाको विषय भएको पनि प्रस्ट पारे। उपसभामुख रानाबारे उठेका प्रश्नमा उनको पार्टी रास्वपाले पनि प्रष्ट पार्नुपर्ने निर्णय आफ्नो पार्टीको भएको महासचिव पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077