Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मध्य भोटेकोशी जलविद्युत आयोजना एक महिनाभित्र सञ्चालनमा ल्याइने

मध्य भोटेकोशी जलविद्युत आयोजना एक महिनाभित्र सञ्चालनमा ल्याइने

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरिरहेको निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाबाट एक महिनाभित्र विद्युत उत्पादन गर्ने तयारी थालिएको छ ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युतबाट विद्युत उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरू भइरहेको हो।

मध्य भोटेकोशी जलविद्युत आयोजना एक महिनाभित्र सञ्चालनमा आउने छ।

बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युत गृहको स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम भइरहेको छ।

२२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दसैं अगाडि सकिने आयोजनाले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोका–२ का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरू, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष र आयोजनाबीच गत भदौ १३ गते भएको छलफलमा करिब १४ महिनादेखि अवरोध रहेको प्रसारण लाइन निर्माणमा सहमति जुटेको थियो।

बाँध क्षेत्रको निर्माण सकी पानी हालेर परीक्षण समेत भइसकेको छ। आयोजनाको ७।१२४ मिटरलामो मुख्य सुरूङ निर्माण सकेर गत वर्षको फागुनमा पानी भरेर परीक्षण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077