Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आइएमएफ उपनिर्देशक रुपाले भनिन् - नेपालको अर्थतन्त्र सुधार हुँदै गएको छ

आइएमएफ उपनिर्देशक रुपाले भनिन् - नेपालको अर्थतन्त्र सुधार हुँदै गएको छ

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताएकी छन्।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको शिष्टाचार भेटमा उपनिर्देशक रुपाले यस्तो बताएकी हुन्। उनले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको बताएकी छन्।

राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको उपनिर्देशक रुपाले बताईन् ।

सो अवसरमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077