Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला एक लाख ५९ हजार नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला एक लाख ५९ हजार नाघ्यो

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १९२० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077