Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेप्सेमा उच्च अंकको गिरावट, ५ अर्ब ६८ करोडमा खुम्चियो कारोबार

नेप्सेमा उच्च अंकको गिरावट, ५ अर्ब ६८ करोडमा खुम्चियो कारोबार

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । साताको चौंथो कारोबार दिन बुधबार पनि सेयर बजारमा ठूलो अंकको गिरावट आएको छ।

यसदिन नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा अडिएको हो। आइतबार ११ अंकले बढेको नेप्से सोमबार ५९.०२ अंकले घटेको थियो।

उच्च अंकले घटेको सेयर बजारमा ३०९ स्क्रिप्सको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँमा खरिदबिक्री भए।

सोमबार ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा आइतबार अर्ब ९ करोड २९ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077