Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सुनिल केसी सर्वसम्मत चयन

नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सुनिल केसी सर्वसम्मत चयन

बुधवार , आश्विन ९, २०८१

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को अध्यक्षमा युवा व्यवसायी सुनिल केसी सर्वसम्मत चयन भएका छन् ।

बुधबार काठमाडौंमा साधारणसभा गरेर संघले युवा व्यवसायी तथा लगानीकर्ता केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । साथै साधारणसभाबाट अन्य पदाधिकारीको पनि घोषणा गरिएको छ ।

हालसम्म उपाध्यक्ष रहेर काम गरेका युवा व्यवसायी केसी अब भने निक्कीको अध्यक्ष बनेर काम गर्ने छन् । उनीसँग व्यवसायीहरुको विभिन्न छाता संगठनमा काम गरिसकेका अनुभव छ ।

साथै उनी नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य हुन् । नवनिर्वाचित केसी थिंक ट्यांक संस्था एसियन इन्स्टिच्युड अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयरका संस्थापक पनि हुन् ।

उनको परिचय यतिले मात्रै पुग्दैन । अध्यक्ष केसी नेपाल र भारतका व्यवसायीबीच सम्बन्ध बढाउने र सहजीकरण गर्ने व्यवसायीका रुपमा पनि चिनिन्छन् ।

अब झनै नेपाल भारतका निजी क्षेत्रको सहजीकरणमा उनले काम गर्ने थप जिम्मेवारी पाएका छन् । उनको यो जिम्मेवारीले नेपालमा भारतीय लगानी भित्रिन सक्ने विश्वास गरिएको छ । निक्कीले नेपाल र भारतका व्यवसायीहरुबीच द्विदेशीय संस्थाको रुपमा काम गर्दै आएको छ ।

भारतमा समेत लगानी वा व्यापार गर्ने नेपाली संस्था र नेपालमा पनि लगानी वा व्यापार गर्ने भारतीय व्यावसायिक संस्था मात्रै निक्कीको सदस्य बन्ने व्यवस्था छ । नेपाल–भारत उद्योग वाणिज्य संघ २०५१ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो। हाल यो संस्थामा १६७ सदस्य छन्।

[caption id="attachment_312569" align="alignnone" width="800"] प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का नवनिर्वाचित अध्यक्ष सुनिल केसी ।[/caption]

जसमा नेपाली र भारतीय व्यवसायीसँगै संयुक्त उपक्रम कम्पनी समेत छन् । अध्यक्षमा चयन भएसँगै केसीले आफ्ना प्राथमिता पनि सार्वजनिक गरेका छन् । उनले आफ्नो पहिलो प्राथमितामा नेपाली वस्तु निर्यात बढाउनु रहेको बताए ।

यस्तै ऊर्जा र पूर्वाधार क्षेत्रमा भारतीय लगानी नेपाल भित्र्याउन पहल गर्ने आफ्नो दोस्रो प्राथमिकता रहेको उनले बताए । साथै उनले हरेक वर्ष लगानीलाई केन्द्रित गरेर नेपाल–भारत पार्टनरसिप समिट गर्ने जानकारी दिए । आफ्नो कार्यकालमा नेपालमा लगानी भित्र्याउन सक्रिय रहने उनको भनाई छ ।

उनले २ वर्षमा वीरगन्ज र विराटनगरमा निक्कीको च्याप्टर विस्तार गर्ने, भारतको राजधानी दिल्लीमा निक्कीको कार्यालय खोल्ने योजनासमेत बनाएको सुनाए । अध्यक्ष केसीको नेपालको ऊर्जा क्षेत्रमा लगानी छ । त्यही कारण पनि उनको कार्यकालमा उर्जा क्षेत्रमा भारतीय लगानी भित्र्याउन सकिने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077