Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रधानमन्त्री ओली पुगे ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’

प्रधानमन्त्री ओली पुगे ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘वर्ल्ड ट्रेड सेन्टर’ क्षेत्रस्थित ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा पुगेर मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उक्त स्मारकलाई ९/११ स्मारकका रूपमा चिनिन्छ ।

सन् २००१ मा अल क्वाइदासम्बद्ध समूहले अपहरण गरेको दुईवटा हवाइजहाज ट्विन टावरमा ठोक्किँदा दुई हजार ९७७ जनाको निधन भएको थियो ।

उक्त स्थानमा हाल सङ्ग्रहालय र वाटर पार्क निर्माण गरिएको छ । स्मारकमा मारिएकाहरू सबैको तस्बिर र विस्तृत विवरणसहित विद्युतीय अभिलेख राखिएको छ ।

प्रधानमन्त्री ओलीको साथमा राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत भ्रमण दलका सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077