Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि ३ जनालाई अन्तर्वार्तामा बोलाइयो

धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि ३ जनालाई अन्तर्वार्तामा बोलाइयो

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः थालेको छ ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न गठन भएको सिफारिस समितिले बिहीबार एक सूचना प्रकाशति गरी तीन जनालाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएको हो ।

यसअघि बोर्ड अध्यक्षको नियुक्ति प्रक्रियामा अनुपस्थित भएका तीन जनालाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाइएको छ । समितिले सूचना प्रकाशित गर्दै कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र नवराज अधिकारीलाई बोलाएको हो ।

यही १८ असोज बिहान ८ बजेमा उनीहरूको अन्तर्वार्ता र प्रस्तुतीकरण हुने गरी सूचना प्रकाशित भएको छ । यसअघि दुई पटकसम्म उनीहरू अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि बोलाइए पनि गएका थिएनन् ।

अन्तर्वार्ता तथा कार्यप्रस्तुतीका लागि बोलाइएका कृष्णबहादुर नेप्सेका वर्तमान सीईओ हुन् भने चिरञ्जीवि बीमा प्राधिकरणका पूर्वअध्यक्ष हुन् । यस्तै नवराज धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् । बोर्ड लामो समयदेखि नेतृत्वविहीन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077