Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रधानमन्त्री ओली र बंगलादेशका सरकार प्रमुख युनुसबीच भेटवार्ता

प्रधानमन्त्री ओली र बंगलादेशका सरकार प्रमुख युनुसबीच भेटवार्ता

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेश अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा.मोहम्मद युनुसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री ओली र डा युनुसबीच भेटवार्ता भएको हो।

भेटका क्रममा उनीहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको थियो ।

बंगलादेशमा शेख हसिनाको बहिर्गमनपछि युनुस अन्तरिम सरकार प्रमुख बनेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077