Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

अल्पविकसित देशलाई सहयोग बढाउन जी–२० राष्ट्रहरूसँग परराष्ट्रमन्त्री राणाको आग्रह

अल्पविकसित देशलाई सहयोग बढाउन जी–२० राष्ट्रहरूसँग परराष्ट्रमन्त्री राणाको आग्रह

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरूका लागि सहयोगको मात्रा बढाउन जी–२० मा आबद्ध देशहरुलाई आग्रह गरेकी छन्।

न्युयोर्कमा जी‐२० का विदेशमन्त्रीहरूको बैठकमा बोल्दै एलडीसीको अध्यक्षसमेत रहेकी परराष्ट्रमन्त्री देउवाले अल्पविकसित देशहरूलाई सहयोग गर्न आग्रह गरेकी हुन्।

पछिल्लो समय विश्वका अतिकम विकसित देशहरु विविध समस्याबाट पिरोलिएका दृष्टान्त प्रस्तुत गर्दै मन्त्री देउवाले कोभिड–१९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनैतिक तनावका कारण ती देश पीडित बनेको बताएकी थिइन्।

जी‐२० को अध्यक्ष ब्राजिलले सामाजिक समावेशीकरण, गरिबी निवारण र दिगो विकासमा केन्द्रित रहेर बैठकको आयोजना गरेकामा परराष्ट्रमन्त्री राणाले धन्यवाद दिइन्।

ब्राजिलले भोकमरी र गरिबी घटाउन विश्वव्यापी अभियान सुरु गर्न लागेकामा त्यसको परराष्ट्रमन्त्री राणाले स्वागत गरिन्।

जी ‐२० मा एलडिसीका तर्फबाट प्रतिनिधित्व गर्ने औपचारिक संयन्त्र निर्माणको आग्रह परराष्ट्रमन्त्री राणाले गरिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077