Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

रास्वपाका उपसभापति वाग्लेले भने - रवि लामिछानेमाथि प्रहार गर्न खोजे प्रतिवाद गर्छौं

रास्वपाका उपसभापति वाग्लेले भने - रवि लामिछानेमाथि प्रहार गर्न खोजे प्रतिवाद गर्छौं

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले कसैको इगोका कारण पार्टी सभापति रवि लामिछानेमाथि प्रहार भइरहेको बताएका छन्।

चीन भ्रमणबाट फर्किएपछि विमानस्थलमा बोल्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन् । पार्टी सभापति लामिछानेमाथि दुई तिहाइको सरकारले शक्ति दुरुपयोग गर्न खोजे प्रतिवाद गर्ने उनले चेतावनी दिए।

उपसभापति वाग्लेले सभापति व्यक्ति मात्रै नभएर संस्था भएको बताए ।

उपसभापति वाग्लेले भने, ‘रास्वपा सभापति व्यक्ति होइन, संस्था हो। त्यो माथि प्रहार भएको छ इगोको कारणले। त्यसको सामना हामी एकजुट भएर गर्ने भ्रमणमा गएका १४ जनाले पनि एकताबद्ध भएर निर्णय गरेका छौँ।’

उपसभापति वाग्लेले सहकारी ठगीमा सभापतिको संलग्नता नभएको प्रतिवेदन आइसकेपछि अहिले राजनीतिक रूपमा प्रतिशोध राख्न खोजेको जिकिर गरे।

सहकारीमा डुबेको ८७ अर्ब छाडेर रवि लामिछानेको पछि लागेको भन्दै आपत्ति जनाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077