Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन बुधबार ४९ अंकले बढेको नेप्से आज ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा झरेको हो।

नेप्से घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ।

यसदिन ३२२ स्क्रिप्सको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० रुपैयाँमा खरिदबिक्री भए।

बुधबार ४ अर्ब ८१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ९.८५ प्रतिशतले बढ्यो। ग्रीन भेन्चर्सका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077