Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कांग्रेस र एमालेबीचको गठबन्धन धेरै नटिक्ने प्रचण्डको दाबी

कांग्रेस र एमालेबीचको गठबन्धन धेरै नटिक्ने प्रचण्डको दाबी

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही समयभित्रै सम्पूर्ण वामपन्थीहरू एकै ठाउँमा आउने बताएका छन्।

कीर्तिपुरमा आयोजित अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाइने दाबी गरे।

अध्यक्ष प्रचण्डले भने,‘अहिले वामपन्थी शक्तिलाई समाप्त गर्न प्रतिक्रियावादी शक्तिहरूले निकै षड्यन्त्र गर्दैछन् । त्यसको प्रतिवाद गर्न सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा आउनेछौँ । मलाई लाग्छ, केही समयभित्रै त्यो अप्राकृतिक गठबन्धन कुहिएर झर्छ । त्यो बेला के गर्ने भन्ने हामीले सोच्नुपर्ने स्थिति छ ।’

अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेको गठबन्धन धेरै नटिक्ने दाबी समेत गरे । उनले सरकारमा जान आफूहरुले हतार नगरेको बताए । तर यो गठबन्धन धेरै नटिक्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077