Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

विकासलाई गति दिन संविधान संशोधन आवश्यक छ : यातायातमन्त्री दाहाल

विकासलाई गति दिन संविधान संशोधन आवश्यक छ : यातायातमन्त्री दाहाल

शुक्रवार , आश्विन ११, २०८१

मोरङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन्।

विराटनगर पुगेका यातायातमन्त्री दाहालले मुलुकको विकास निर्माण द्रुत गतिले अगाडि बढाउनका लागि संविधान संशोधन आवश्यक रहेको बताएका हुन् ।

उनले निर्वाचन प्रणालीका बाधा अड्चन हटाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पारे ।

यातायातमन्त्री दाहालले निर्वाचन प्रणाली सुधार गर्ने सन्दर्भमा महिला, विभिन्न जातजातिको प्रतिनिधित्व स्थानीय रुपमा निर्वाचित गरेर ल्याउने, समानुपातिक व्यवस्था व्यवस्थित गर्ने सम्बन्धमा दलहरुबीच छलफल भइरहेको बताए।

यातायातमन्त्री दाहालले संविधान संशोधनबाट जनताले पाइरहेको अधिकार कुनै हालतमा नखोसिने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077