Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

एमालेले सरकारलाई भन्यो - चाडपर्वमा सडक सुरक्षा र महँगी नियन्त्रण गरियोस्

एमालेले सरकारलाई भन्यो - चाडपर्वमा सडक सुरक्षा र महँगी नियन्त्रण गरियोस्

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं । नेकपा एमालेले चाडपर्वमा सडक सुरक्षाका साथै बजार अनुगमनलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रवार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर नेकपा एमालेको तर्फबाट केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले ध्यानाकर्षण गराएको हो ।

चाडपर्वहरू मनाउँदा जनताको हर्ष उल्लासमय वातावरणमा सहयोग पु¥याउन एमालेले सरकारसँग माग गरेको छ । चाडपर्वहरूमा आम नागरिकलाई सहज यात्रा, सहज खाद्यान्न आपूर्ति र व्यवस्थापन गर्न माग गरिएको छ ।

नेकपा एमालेको तर्फबाट केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले दिएको ज्ञापन पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले सरकारलाई चाडपर्वको मुखमा गर्नुपर्ने कार्यहरूबारे घचघच्याएकोमा खुसी प्रकट गरे ।

उनले सरकारको तर्फबाट नागरिकलाई सेवा पु¥याउने काममा कुनै कमजोरी नगर्ने प्रतिवद्धता जनाउँदै सरकार खाद्य सुरक्षा, सडक र यातायात व्यवस्थापनमा लागिपरेको बताए ।

एमालेले चाडबाड मनाउन गाउँ फर्किनेहरूका लागि यातायातको सहज व्यवस्थापन गर्न, सडकका होटलहरुमा पाइने खाना खाजाहरू स्वस्थ एवं गुणस्तरीयताका लागि अनुगमनलाई प्रभावकारी बनाउन र चाडपर्वहरूमा हुनसक्ने कालोबजारी र महँगी आदिको नियन्त्रण गर्न तथा गुणस्तरीय र सुपथ मूल्यका पसलहरू देशभर जनपहुँचका ठाउँहरूमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077