Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बाढी पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने एनआरएनएको निर्णय

बाढी पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने एनआरएनएको निर्णय

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

आइतवार भएको भर्चुअल बैठकमा संघका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढी पीडितहरूको लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हुन् ।

बैठकले गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा। हेम राज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग संकलन समिति गठन गरेको छ ।

समितिमा संघका विभिन्न पदाधिकारीहरू, क्षेत्रीय संयोजकहरू, तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077